दफा १७८
ठाउँ अवलोकन गर्न सक्ने

(१) मुद्दाको विषयवस्तु जटिल भई त्यस्तो विषयवस्तु यथार्थरूपमा अदालत समक्ष पेश गर्न सम्भव नहुने देखिएमा वाप्रमाणको रूपमा दिएको वस्तु, विवादको विषय वा अचल सम्पत्ति रहेको ठाउँको नै प्रत्यक्ष रूपमा अवलोकन वानिरीक्षण गर्नु पर्ने देखिएमा अदालतले त्यसको कारण खुलाई आदेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अवलोकन वा निरिक्षण गर्न आदेश भएमा सो प्रयोजनको लागि अग्रीम रूपमा दिन तोकी न्यायाधीशआफैँ वा अदालतको आदेश बमोजिम तोकिएको प्राविधिज्ञ वा अन्य कुनै कर्मचारीले त्यस्तो वस्तु, विषय वा ठाँउकोअवलोकन वा निरीक्षण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै प्राविधिज्ञ वा अन्य कुनै कर्मचारीले त्यस्तो वस्तु, विषय वा ठाउँको अवलोकन वानिरीक्षण गरेको भए निजले मुद्दाको विषय वस्तुसँग सान्दर्भिक विषयमा प्रतिवेदन तयार गरी अदालतमा पेश गर्नुपर्नेछ ।